राष्ट्रपतिद्धारा अध्यादेश जारी गर्न अलमल, प्रधानमन्त्री असन्तुष्ट

केन्द्रभाग मिडिया

काठमाडौं। राष्ट्रिपति विद्यादेवी भण्डारीले दलसम्बन्धी अध्यादेश होल्डमा राखेकी छन् ।

विगतमा सरकारका सिफारीस केही घण्टामा जारी गर्ने गरेकी राष्ट्रपतिले देउवा सरकारको सिफारीसलाई लामो समय होल्ड गरे पछि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टकराव बढेको छ । राष्ट्रपति कार्यालयमा पेश भएको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न अलमल गरेपछि टकराव बढेको हो ।

नेकपा एमाले विभाजनका लागि कानूनी रुपमा सहज बनाइदिन सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद संख्या भए पुग्ने गरी अध्यादेश मन्त्रिपरिषद्बाट पारित गरेको छ । तर, राष्ट्रपति कार्यालयमा पुगेको अध्यादेश सदर गरी जारी गर्न अलमल गरिएको छ । कानूनी सल्लाह लिएर मात्र अगाडि बढ्ने भन्दै उनले अलमलाएको बुझिएको छ ।

विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राजनीतिक दल विभाजन गर्न सजिलो बनाउने गरी अध्यादेश जारी हुँदा राष्ट्रपति भण्डारीले तत्काल जारी गरिदिएकी थिइन् । प्रतिनिधि सभा विघटनलगायतको निर्णय गरी भएका सिफारिश पनि एक घन्टा नबित्दै सदर भएका थिए । अहिले ढिलाई गरेको भन्दै प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीसँग असन्तुष्ट बनेका छन् ।

अध्यादेशबारे मन्त्रिपरिषद्बाट निर्णय गरेलगत्तै प्रधानमन्त्री देउवाले सोमबार नै राष्ट्रपति भण्डारीसँग भेटेका थिए ।

यसैगरी, एमाले फुटाउन आवश्यक २० प्रतिशत केन्द्रीय सदस्य पुग्न नदिने गरी ओली पक्ष लागेको छ । केही दिन अलमलाएर माधव नेपाललाई २० प्रतिशत सदस्य पुग्न नदिने गरी समयका लागि राष्ट्रपतिले अलमलाएको चर्चा राजनीतिकवृत्तमा चलेको छ ।

  • २ भाद्र २०७८, बुधबार ११:०० प्रकाशित