स्वास्थ्यमन्त्री बन्न प्रधानमन्त्री देउवाले गरेको आग्रह शशांकद्धारा अस्विकार

केन्द्रभाग मिडिया

काठमाडौं।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला सरकारमा नजाने भएका छन् । आफ्नै पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी हुन गरिएको प्रस्ताव महामन्त्री कोइरालाले अस्विकार गरेको खुलेको छ ।

प्रधानमन्त्री देउवाले उनलाई उपप्रधान एवम् स्वास्थ्यमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, उनले अहिले आफू सरकारमा जान ईच्छुक नभएको भन्दै देउवाको प्रस्ताव अस्विकार गरेका थिए ।
‘मलाई सरकारमा सहभागी हुनकाको लागि सम्माननीय प्रधानमन्त्रीज्यूले प्रस्ताव गर्नुभएको थियो, तर, मैले म अहिले सरकारमा जान्नँ भन्ने जवाफ दिएको छु ।’

कोइरालाले प्रधानमन्त्री देउवालाई आफ्नो पूरा सहयोग रहने पनि विश्वास दिलाएका छन् । कांग्रेसमा कोइराला परिवारबाट सुजाता कोइरालालाई मन्त्री बनाएर पठाउने तयारी भएको छ । यसको लागि शशांकले नै सुजातालाई प्रस्ताव गरेको बुझिएको छ ।

  • १० श्रावण २०७८, आईतवार १३:५२ प्रकाशित