इजरायलमा ‘केयरगिभर’का लागि १६०० नेपाली सिफारिस

केन्द्र खबर

काठमाडौं ।

इजरायलमा रोजगारीका लागि परीक्षा दिएका मध्ये एक हजार छ सय परीक्षार्थी सिफारिसमा परेका छन् ।वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’ का लागि एक हजार छ सय परीक्षार्थीलाई सिफारिस गरेको हो ।

भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य रहेका एक हजार छ सय इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबीए)लाई सिफारिस गरेको हो।

नेपालस्थित इजरायली दूतावासले माग गरेअनुसार ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नामावली सिफारिस गरिएको विभागले जनाएको छ।

पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ। रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्।

विभागको अनुसार भिसा, टिकटलगायत खर्च अनुमानित करिब एक लाख ६५ हजार लाग्ने छ।इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ।

अहिले सरकारले पठाउन लागेका केयरगिभर घरका लागि नभएर संस्थाका लागि भएको विभागले बताएको छ।विभागकाअनुसार नर्सिङ होम तथा केयर होमलगायत संस्थामा उनीहरूले रोजगारी पाउने छन्।भिसा अवधि पाँच वर्षको रहेको छ।

  • १० आश्विन २०७८, आईतवार १०:२५ प्रकाशित