कांग्रेस पोखरा महानगर समिति सभापतिमा विजुक्छे, सचिवमा बाँस्ताेला र थापा(मतपरिणामसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेस पोखरा महानगर समिति सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् ।प्रतिस्पर्धी गंगाधर पराजुलीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । विजुक्छेले ४१४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी पराजुलीले ३४६ मत पाए ।

यस्तै सभापतिका उम्मेदवार रामराज लामिछानेले २०९, मिलन प्रसाद तिवारीले १५३, मोहन प्रसाद बास्तोलाले १२७ र ज्योति हमालले ११ मत पाए ।

निवर्तमान समितिका उपसभापति समेत रहेका निर्वाचित सभापति विजुक्छे पोखरा उद्योग वाणिज्य संघका महासचिव हुन् ।

उपसभापति पदमा प्रयागराज भण्डारी र भवसागर वराल विजयी भएका छन। विजयी भण्डारीले ५६१ मत प्राप्त गरे भने बरालले ४७० मत पाएका छन् । यस्तै प्रतिष्पर्धामा रहेका अन्य उम्मेदवार निर्दोष विक्रम पौडेलले ४१३, राजेन्द्र बराल ३७४, कृष्ण प्रसाद अधिकारीले ३६५ र शिव के.सीले १७३ मत ल्याए ।

सचिवमा टुवराज बास्तोला र गणेश बहादुर थापा विजयी भएका छन् । बाँस्तोलाले ८४९ मत ल्याउँदा थापाले ८०३ मत पाए । अर्का प्रतिष्पर्धी सुरेन्द्रबाबु तिवारीले ६१७ मत पाएका छन् ।

सहसचिव पदमा संघर्ष कोइराला र संजय आले निर्वाचित भएका छन् । निर्वाचित कोइरालाले ५८० मत ल्याए भने आलेले ४६५ मत प्राप्त गरे ।

सह सचिव पदका उम्मेदवारहरु सुरेन्द्र बास्तोलाले ४५८, लक्ष्मी बास्तोलाले ३८६, रविन कायस्थले २७८ र पुष्पराज सिग्देलले २४४ मत प्राप्त गरेका छन् ।

कांग्रेस पोखरा महानगर समितिमा कुल एक हजार ३७० मतदाता भएपनि नयाँ नेतृत्व चयनका लागि १३ सय ४४ मत दिएका थिए ।

  • १० आश्विन २०७८, आईतवार ०९:५४ प्रकाशित