१३ जिल्लाको क्रियाशील सदस्यता विवाद आजै टुंगो लगाउँदै काँग्रेस

केन्द्रभाग मिडिया

काठमाडौँ ।

कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता आजै टुंगो लगाउने भएको छ ।

आज(शुक्रबार) साँझसम्म विवाद अन्त्य गरी क्रियाशील सदस्यता टुंगो लगाउने काँग्रेसको तयारी छ । सहमहामन्त्री प्रकाशशरण महतले विवाद रहेका १३ वटै जिल्लामा आजै टुंगो लगाइने बताएका हुन् ।

उनले भनेका छन्,‘छलफल भइरहेको छ, आजै १३ जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएर निर्वाचन समितिलाई दिने भनिएको छ,’। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा शुक्रबार बिहान बैठकका क्रममा सहमहामन्त्री महतले क्रियाशील सदस्यता विवाद टुंग्याएपछि ती जिल्लामा पनि क्रमशः वडा अधिवेशनको प्रक्रिया अघि बढ्ने बताए ।

  • ८ आश्विन २०७८, शुक्रबार १३:१७ प्रकाशित