सरकारले दसैंअघि नै बालबालिकाका लागि ‘मोडेर्ना’ र ‘फाइजर’ खोप ल्याउने

केन्द्र खबर

चितवन ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैंअघि नै बालबालिकाको लागि कोरोना खोप ल्याउने तयारी भएको बताएका छन् ।
चितवनमा पुगेका मन्त्री श्रेष्ठले दसैंअघि एक लाख डोज खोप ल्याइने बताए।

बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडेर्ना’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको छ।

उनले भने,‘ुबालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ। फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ।’

आगामी चैत महिनाभित्र कोरोना विरूद्धको पूर्ण खोप लगाई सक्ने गरी ल्याइने तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘अहिले १८ वर्षमाथिका विद्यार्थी र ४५ वर्ष माथिकालाई खोप लगाइएको छ।’

  • ८ आश्विन २०७८, शुक्रबार १२:४७ प्रकाशित