परराष्ट्रमन्त्री खड्काद्वारा सपथ ग्रहण

केन्द्रभाग मिडिया

काठमाडौँ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। मन्त्री खड्काले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा सपथ लिएका हुन् । नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ दिएकी हुन्

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्रीगण, संवैधानिक निकायका उच्च पदाधिकारीलगायत उपस्थित थिए ।

राजनीतिक नियुक्तिमार्फत् राजदूत बनेका सबैलाई फिर्ता बोलाउने सरकारको निर्णय पश्चात् मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेको हो ।

  • ६ आश्विन २०७८, बुधबार १५:३० प्रकाशित