सेनामा जाखिर खुल्यो : २ पाइलट र १३ डाक्टरसहित अन्य पदमा दरखास्त आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली सेनाले विभिन्न पदका लागि जागिर खुलाएको छ ।

जसअन्तर्गत दुई जना पाइलटको पनि माग भएको छ । जंगी अड्डा भर्ना छनोट निर्देशनालयले आज सूचना निकालेर विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान गरेको हो।आजको गोरखा पत्रमा सुचना निकालेर दरखास्त आह्वान गरिएको छ ।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति हुने बताएको सेनाले इच्छुकलाई दरखास्त दिन सक्ने बताइएको छ ।२७ जना लेखा उपसेनानी माग भएको छ। प्राविधिक उपसेनानी लाइब्रेरियन चार जना, मेकानिकल ईञ्जिनियर तीन जना, इलोक्ट्रोनिक्स ईञ्जिनियर तीन जना, प्राविधिक उपसेनानी एमबिबिएस डाक्टर १३ जना माग भएको छ।

पाइलट उपसेनानी दुई जना माग भएको छ। भौतिक विज्ञानमा प्लस टु वा सो सरह पास गरी इन्टरनेशनल सभिल एभिएसन अर्गनाइजेशनले मान्यता दिएको संस्थाबाट कमर्सियल पाइलट लाइसेन्स प्राप्त गरेको तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जहाज वा हेलिकप्टरको कमर्सियल पाइलट लाइसेन्स परीक्षा पास गरेकोले दरखास्त दिन पाउनेछन् ।

एक जना भिडिओग्राफर पनि सेनाले माग गरेको छ। दरखास्त आजदेखि कात्तिक ४ गतेभित्र दिइसक्नुपर्ने सुचनामा उल्लेख गरिएको छ।कुन पदमा कति जना माग गरेको भन्ने विस्तृत सूचना आजको गोरखापत्रमा सेनाले निकालेको सूचनामा उल्लेख छ।

  • ६ आश्विन २०७८, बुधबार १०:३४ प्रकाशित