एएफसी महिला एसियन कप : नेपाल आज हङकङसँग भिड्दैँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली राष्ट्रिय महिला फुटबल टोली आज हङकङसँग भिड्दैछ ।

एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङको सामना गर्न लागेको हो।खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे उज्वेकिस्तानको जेएआर मैदानमा सुरु हुनेछ ।

एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । समूह ‘एफ’ मा रहेको नेपाल पहिलो खेलमा फिलिपिन्ससँग २–१ ले हारेको थियो ।

  • ५ आश्विन २०७८, मंगलवार ०९:१३ प्रकाशित