फोटो पत्रकार राम गुरुङ सम्मानित

केन्द्रभाग मिडिया

पोखरा ।
फोटो पत्रकार राम गुरुङ सम्मानित भएका छन् । पत्रकारिता मार्फत पोखरा म्याराथनलाई योगदान पु¥याएकोमा उनी सम्मानित भएका हुन् ।

पोखरामा आइतबार सम्पन्न भएको भुतपूर्व खेलाडि मञ्चको ११ औं साधारण सभा तथा सातौं अघिवेशनको अबसरमा उनलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दोसल्ला सहित सम्मान पत्र र नगदले पत्रकार गुरुङलाई सम्मान गरे ।

यसैगगरी पाकिस्तानमा भईरहेको यु–१२ आईटिएफ टेनिसमा संलग्न दर्शिल श्रेष्ठलाई समेत नगद १० हजार सहित सम्मान गरे । मञ्चले पूर्व अन्तर्राष्ट्रिय खेलाडी डम बहादुर पुनलाई समेत खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको छ ।

यसै गरी मञ्चका पूर्व अध्यक्ष प्रा.डा विरेन्द्र सिंह गुरुङलाई समेत उहाँको खेलकुद प्रतिको योगदान गर्दै सम्मान गरेको छ ।
कार्यक्रममा स्वर्गारोहण भएका मञ्चका ९ जना आजिवन सदस्यहरुलाई मरणोपरान्त सम्मान गरिएको थियो । त्यसैगरी मञ्चको आजिवन सदस्य बनेकाहरुलाई आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

  • ३ आश्विन २०७८, आईतवार २१:४६ प्रकाशित