लमजुङ कारागारः क्षमता भन्दा ४ गुणा बढी कैदी, संक्रामक रोगको जोखिम

केन्द्रभाग मिडिया

लमजुङ ।

जिल्ला कारागार लमजुङमा क्षमता बढी कैदीबन्दी राखिएको पाइएको छ । विभिन्न अपराधमा कैद भुक्तान गर्दै आएका कैदी र बन्दी कारागारको क्षमता भन्दा बढी हुँदा सरुवा तथा संक्रामक रोगको उच्च जोखिम देखिएको छ ।

बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला कारागारको ३५ जना क्षमता रहेकोमा हाल ९७ कैन्दीबन्दी छन् । यीमध्ये ८७ पुरुष र १० कैन्दीबन्दी महिला रहेको कारागारले जनाएको छ ।

कारागारका अनुसार ४८ कैदी पुरुष रहेका छन् भने ८ कैदी महिला छन् । ३९ थुनुवा पुरुष छन् भने २ महिला छन् । १ कैदीबन्दी बराबर १ मिटर लम्बाइ र ४ मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानुनी प्रावधान छ । कानुनी प्रावधानअनुसार कारागार ३५ जनाका लागि मात्रै उपयुक्त देखिन्छ ।

क्षमताभन्दा बढी कैदीबन्दी हुदाँ उनीहरुमा संक्रामक रोगको जोखिम रहेको कारागारले बताएको छ । कारागारको अनुसार कैदीबन्दीमा छाला सम्बन्धि रोग र भाइरल रोग देखिएको छ ।

 सो कारागारमा बढी कैदीबन्दी हुँदा मान्छेमाथि मान्छे नै बस्नुपर्ने बाध्यता रहेको जनाइएको छ ।

  • ३ आश्विन २०७८, आईतवार १६:२६ प्रकाशित