ओलीको व्यंग्य : बोल्न सक्ने भए मानपदवीले भन्थे होलान् क्या घाँटीमा पुगिने भयो बा !

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारद्धारा प्रदान गरिएको विभूषणप्रति व्यंग्य गरेका छन् ।

सरकारले बाँडेको अलंकार पदकहरु बोल्न सक्ने भए क्या घाँटीमा पुगिने भयो भन्थे भन्दैँ व्यंग्य गरेका हुन् । उनले भने, आज मानपदवीहरुले लाज मानेका छन् । मानपदवी बोल्न सक्ने भए उफ्रिन्थे होला र भन्थे होलान् क्या घाँटीमा पुगिने भयो बा !

सातौं संविधान दिवसको अवसरमा आइतबार एमालेले गरेको कार्यक्रममा ओलीले मानपदवीहरुको नाकमा कालो पोतेको टिप्पणी गरे।
संविधान दिवसका दिन शहीदका सन्तान, आमाबुबाहरुले गर्व गर्न पाउनुपर्ने र घाइतेहरुले सम्मानित हुनुपर्नेमा सरकारले कसैको बा त कसैका श्रीमतीलाई मानपदवी दिएको भन्दै आलोचना गरे ।

उनले व्यंग्यात्मक शैलीमा भने, ‘आज बाबुको मुख हेर्ने दिन हो ? श्रीमीतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ?’

  • ३ आश्विन २०७८, आईतवार १५:२९ प्रकाशित