बुद्धभूमि हाइड्रोपावरको आइपिओ असोज ११ गतेदेखि खुल्दैँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीले आइपिओ खोल्ने भएको छ । कम्पनीले असोज ११ गतेदेखि प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला गर्ने भएको हो ।

अंकित मूल्य १ सयका दरले कुल ८ लाख कित्ता सेयर निष्कासन हुन लागेको हो। जसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ।

बाँकी ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकका रुपमा सिभिल क्यापिटल मार्केट रहेको छ।

कम्पनीको आइपिओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। अनलाइन प्रणाली मेरो सेयर र आफ्नो बैंक खाता रहेको शाखाबाट पनि आवेदन दिन सकिन्छ।

  • ३ आश्विन २०७८, आईतवार १४:३७ प्रकाशित