संविधान दिवसः कञ्चनपुर कारागारका ७ कैदीबन्दीको कैद मिनाहा

केन्द्रभाग मिडिया

कञ्चनपुर ।

संविधान दिवसका अवसरमा कञ्चनपुर कारागारबाट ७ कैदबन्दी रिहा भएका छन् । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद मिनाहा पाएका हुन् ।

५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका असल चालचलन भएका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियमअनुसार संविधान दिवसका अवसरमा २ महिला र ५ पुरुषको कैद मिनाह गरिएको कारागार शाख प्रमुख माया बस्नेत थापाले बताए ।

कैद मिनाह हुनेमा शिवराज भट्ट कर्तव्य ज्यान, प्रेमसिंह भण्डारी कर्तव्य ज्यान, रोहित आउजी बहुविवाह, करिना विश्वकर्मा बहुविवाह, मायाचन्द पाल बहुविवाह, र खुसीराम चौधरी चोरी मुद्दाका छन् ।

बानी व्यवहार, चालचलन, रहनसहन सबैराम्रो भएमा कारागारका प्रमुख र प्रमुख जिल्ला अधिकारीको सिफारिसको आधारमा कैद मिनाह हुने व्यवस्था छ । कारागारमा अहिले २० महिला ३ सय ८७ पुरुषसहित ४ सय ७ कैदीबन्दी छन् ।

  • ३ आश्विन २०७८, आईतवार १३:५५ प्रकाशित