काबुलमा अलपत्र ३४ नेपाली रित्तो हात भोली नेपाल फर्किदै

केन्द्रभाग मिडिया

अफगानिस्तानबाट नेपाल फर्किएका नेपाली

काठमाडौं ।

अफगानिस्तानको काबुलमा अलपत्र ३४ नेपाली भोली नेपाल फर्किने भएका छन् । रोजगारीका लागि अफगानिस्तान पुगेका उनीहरु काम नपाउदाँ काबुलमा अलपत्र अवस्थामा रहेका थिए ।

भोली आउन लागेकामध्ये कोही चार महिनादेखि, कोही १८ महिनादेखि काबुल पुगेर बेरोजगार बसेको बताइएको छ । नेपालमा दलाललाई रकम बुझाएर गएका उनीहरूमध्ये अधिकांशले काबुल पुगेपछि रोजगारी पाउने नाममा थप नगद अफगान दलाललाई बुझाएका थिए । तर, काम नपाउँदा उनीहरू खाने र बस्ने सुविधा लिएर रित्तोहात स्वदेश फर्किंदै छन् ।

युएन कार्यालयको सुरक्षाप्रदायक कम्पनीले त्यहाँ कार्यरत सय नेपालीसँगै रोकिएका ती ३४ जनालाई पनि भोली चार्टर उडानमार्पत काठमाडौं ल्याउन लागेको हो ।

काबुलस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको सुरक्षाप्रदायक कम्पनी आइडिजीले व्यवस्था गरेको इरानियन महान एयरको उडानबाट उनीहरू आउने भएका हुन् भएको हो । काबुलबाट ३४ जना नेपाली आएपछि नेपालीको उद्धार मिसन सम्पन्न हुनेछ ।

उद्धार भएर आउन लागेका ३४ मध्ये १२ जना नेपाली सेनाबाट र २२ जना भारतीय सेनाबाट सेवानिवृत्त भएकाहरू छन् ।यसैबीच, अफगानिस्तानबाट उद्धार भएर अहिलेसम्म करिब नौ सयजना स्वदेश फर्केका छन् ।

  • ३ आश्विन २०७८, आईतवार १०:२८ प्रकाशित