प्रदेश समृद्धिका लागि सबैको साथ खाचोँ : मुख्यमन्त्री पोखरेल

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको समृद्धिको लागि सबैको साथको खाचोँ औल्याएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को मूल समारोहलाइ सम्बोधन गर्दै पोखरेलले यही संविधानले सात प्रदेशको स्थापना गरेको स्मरण गरे । सत्ता पक्ष, प्रतिपाक्ष र नागरिक समाजले आ–आफ्नो ठाउँबाट रचनात्मक भूमिका खेल्नुपर्ने बताए ।

मुख्यमन्त्री पोखरेलले राजनीतिक घटना क्रमममा प्रदेशमा सरकार परिर्वतन भए पनि यो सरकारको निरन्तरता रहेको भन्दै प्रतिपक्षको सकारात्मक सहयोगको अपेक्षा रहेको बताए ।

सरकारले गरेका प्रयत्नहरुमा कहीँ कमिकमजोरी भयो भने नागरिक समाज पत्रकारहरुलाई उजागर गरिदिन पनि पोखरेलले अपिल गरे । मुख्यमन्त्री पोखरेलले भने, ‘लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षलाई सम्मान दिएर राखिनु पछाडी के हो भने, प्रतिपक्षको धर्म भनेको सत्ता पक्षलाई रचनात्मक सहयोग गर्ने, कमजोरी भयो भने देखाइदिने र सत्ता पक्षा सच्चिएर अगाडी बढ्ने यही वास्तविकता हो ।

‘यो प्रदेशमा हिजोका दिनमा हामी प्रतिपक्षमा रहदाँ पनि त्यो परम्परालाई कायम गरेको हो । मलाई पूर्ण विश्वास छ, अहिले जो साथीहरु प्रतिपक्षमा हुनुहुन्छ, प्रतिपक्ष दलका नेता उहाँको साढे २ वर्ष सरकार संचलनको अनुभव यो सरकारले प्राप्त गर्ने छ,’ उनले भने ।
उनले सरकारको नीति तथा बजेट कार्यान्वयन गर्न सम्पूर्ण कर्मचारीको सक्रिय सहयोगको लागि अपिल गरे ।

  • ३ आश्विन २०७८, आईतवार १०:१६ प्रकाशित