आज ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल

केन्द्रभाग मिडिया

पोखरा ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ । अल अमिरात क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ ।

घरेलु टोलीको सामना गर्दा नेपाल सहज जित निकाल्ने योजनामा हुनेछ । यस अगाडि सिरिजअन्तर्गत नेपालले तीन खेल खेलको छ । तीन खेलमा एकमा जित निकालेको छ भने दुई खेलमा पराजित भएको छ ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा अमेरिकासँग नै ६ विकेटले पराजित भएको हो ।

अंक तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको नेपाललाई स्पष्ट जितको विकल्प छैन । नेपालको तीनवटै खेलमा ब्याटिङ नचल्दा समस्या भएको थियो ।

यता, नेपालको प्रशिक्षकका रूपमा वाटमोरको ओमान भ्रमण अन्तिम हुनेछ । र, ओमानविरुद्धको खेल अन्तिम खेल हुनेछ । त्यसैले खेलाडीहरू ओमान भ्रमणको अन्तिम खेलमा सुखद नतिजा निकाल्दै प्रशिक्षकको सुखद बिदाइ गर्न चाहन्छन् ।

‘जित्न त जित्नैपर्छ जसरी पनि । ओमानमा हामी जित्नकै लागि आएका थियौँ । अंक तालिकाको शीर्ष टिमहरूविरुद्ध जित्न सक्यौँ भने यस प्रतियोगितामा पछिलाई पनि सजिलो हुन्थ्यो भन्ने थियो,’ नेपालका कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘‘हाम्रो प्रशिक्षकको पनि सम्भवतः त्यो अन्तिम खेल हुनेछ । हामी जितेर उहाँलाई राम्रो फेयरवेल दिने विचारमा छौँ ।’

ओमान नेपालभन्दा बलियो टोली हो । ओमान लिग–२ को शीर्ष स्थानमा रहेको टिम समेत हो । ओमानले १२ खेलबाट २० अंक जोडेको छ ।

ओमान आजको खेलमा जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योजनामा हुनेछ । नेपाल भने सात खेलबाट ६ अंकसहित छैटौँ स्थानमा छ ।

  • ३ आश्विन २०७८, आईतवार ०८:३१ प्रकाशित