अन्तिममा समालिन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित

केन्द्रभाग मिडिया

पोखरा ।
पहिलो हाफमा एक गोलको अग्रता लिए पनि अन्तिम समयहा समालिन नसक्दा नेपाल एएफसी वुमेन्स एसियाकप छनोटमा शनिबार फिलिपिन्ससँग पराजित भएको छ ।

फिलिपिन्ससंग २–१ गोल अन्तरले नेपाल पराजित भएको हो । नेपालले पहिलो हाफमा विमला चौधरीको गोलले अग्रता लिएको थियो । उनले १० औं मिनेटमा गोल गरिन् । यो नेपालका लागि उनको पहिलो गोल हो । खेलको अन्त्यतिर फिलिपिन्सले दुई गोल गरेको हो । फिलिपिन्सले ९० औं मिनेटमा बराबरी गोल गरेपछि इन्ज्युरी समयमा विजयी गोल थपेको हो ।

अहिलेसम्म नेपाल र फिलिपिन्सबीच दुई खेल भएकोमा दुवैमा पराजित भएको छ । यसअघि सन् १९९९ मा नेपालले एएफसी वुमेन्स च्याम्पियन्सिपमा फिलिपिन्सको सामना गरेको थियो र त्यसमा नेपाल ५–० ले पराजित रहेको थियो ।

 

  • २ आश्विन २०७८, शनिबार २२:३६ प्रकाशित