थप १,०६६ जनामा संक्रमण, १,२३७ संक्रमण मुक्त

केन्द्रभाग मिडिया

काठमाडौं।

कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज नेपालमा कोरोना भाइरसका १ हजार ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८३ हजार ९ सय १० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज १ हजार २ सय ३७ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म ७ लाख ४७ हजार ८ सय जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ८ हजार ५ सय ४० पिसीआर र २ हजार ८ सय १८ एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।(

  • २ आश्विन २०७८, शनिबार १८:२० प्रकाशित