सत्ता गठबन्धनका दलहरु आइसका डल्ला जस्तै हराएर जान्छन् : ओली

केन्द्र खबर

काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दललाई फ्रिजबाट निकालिएका आइसका डल्लाको संज्ञा दिएका छन् ।

शनिबार पार्टीनिकट कर्मचारी संगठनको कार्यक्रममा उनले आउँदो चुनावपछि अहिलेको सत्ता गठबन्धनका दलहरु हराएर जाने टिप्पणी गरे।

‘१४ महिनामा चुनाव हुन्छ, यी कता हराउँछन्, कता बिलाउँछन्’ उनले भने, ‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् । आफैं परेका आइस होइन । यी डल्ला बाहिर राखिदिएपछि एकछिनपछि पग्लेर जान्छन् । ’ उनले भने, ‘तपाईंहरुलाई केही दुःख दिन सक्छन् ।

धेरै चिन्ता गर्नु पर्दैन, १४ महिनापछि चुनाव हुन्छ, त्यसको अर्को एक महिनापछि हाम्रो सरकार बन्छ । यिनीहरु बिलाएर जान्छन्।’ ओलीले यो सरकार अस्वभाविक विधिबाट बनेको बताए ।

  • २ आश्विन २०७८, शनिबार १८:०१ प्रकाशित