बस पल्टिदाँ ८ यात्रु घाइते

केन्द्रभाग मिडिया

कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसवासामा यात्रु बाहक बस पल्टिदाँ १८ जना घाइते भएका छन् ।

रुकुमदेखि काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार विहान ४ बजे दुर्घटना भएको थियो । बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए ।

दुर्घटनामा सामान्य घाइते भएको १३ जना को स्थानीय सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

मध्यम घाइते भएका पाँच जनालाई थप उपचारका लागि बुटवल लगिएको छ । तीव्र गतिमा रहेको सो बस अनियन्त्रित भई सवारी दुर्घटना भएको प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र पाण्डेले बताए । दुर्घटनापछि सवारी चालक फरार रहेको बताइएको छ ।

  • २ आश्विन २०७८, शनिबार १०:४२ प्रकाशित