स्वास्थ्य क्षेत्रमा मातृशिशु मितेरी अस्पतालको भुमिका प्रशंसनीय : मन्त्री थापा

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्वास्थ्यको क्षेत्रमा मातृशिशु अस्पतालको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

आज(शुक्रबार) पोखरा १६ बाटुलेचौरस्थित मातृशिशु मेतरी अस्पतालको प्रयोगशालाको थप सेवा विस्तारको उदघाटन गर्दै मन्त्री थापाले अस्पतालले छिटोछरितो स्वास्थ्य सेवा प्रदान गरेको भन्दै अस्पतालको कामको प्रशंसा गरे ।

‘छोटो समयमा मातृशिशु मितेरी अस्पतालले स्वास्थ्यको क्षेत्रमा गरेका कामहरु प्रंशसा गर्न लायक छन् ।’ उनले भने

मन्त्री थापाले गण्डकी प्रदेशका सांसद कृष्ण थापाको पहलमा निर्माण भएको मातृशिशु मितेरी अस्पताल अहिले आएर प्रदेशकै गौरव अस्पतालको रुपमा रहेको उल्लेख गरे । उनले मातृशिशु मितेरी अस्पताल गण्डकी प्रदेशको मातहतमा संचालन भइरहेको र थप व्यवस्थित बनाउनुपर्ने जिम्मवारी सरकारको रहेको बताए ।

मन्त्री थापाले अस्पतालको भौतिक संरचनाको विकाससँगै थप जग्गा प्राप्तिका लागि पहलकदमी गर्ने प्रतिवद्धता जाहेर गरे । उनले भने, ‘जग्गा प्राप्तिका विषयमा पहिले नै कुरा उठेको हो । त्यसको समाधान हालसम्म हुन सकिरहेको छैन । थप भौतिक पूर्वाधार निर्माण समेत गर्नुपर्ने आवश्यकता देखिन्छ । यसका लागि मेरो पहलकदमी रहनेछ ।’

गण्डकी प्रदेश सरकारका सांसद कृष्ण थापाले मातृशिशु मितेरी अस्पतालको निर्माणमा हालसम्म १८ करोड लगानी भएको जानकारी दिए । उनले अब अस्पतालमा एक सय बेडको व्यवस्थापन गर्न तर्फ लाग्ने उल्लेख गरे ।

अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष उषा बरुवालले हाल ५५ बेड मार्फत निशुल्क रुपमा विरामीको उपचार भइरहेको बताईन । ‘

  • १ आश्विन २०७८, शुक्रबार १७:०० प्रकाशित