थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० संक्रमितको मृत्यु

केन्द्र खबर

काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५५८ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आज (शुक्रबार) १२ हजार ३८५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरस पुष्टि भएको हो ।

पिसिआर विधिबाट ८ हजार ६ सय ६५ जना र एन्टिजेनबाट ३७२० जनाको परीक्षण भएको छ।त्यस्तै, एक हजार ३५१ संक्रमित निको भएका छन्।

संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १२ जनाको मृत्यु भएको छ।

यस्तै हाल २५ हजार ४९७ सक्रिय संक्रमित छन्।

  • १ आश्विन २०७८, शुक्रबार १६:३३ प्रकाशित