आज मोदीको ७१ औँ जन्मदिन, भाजपाले २० दिनसम्म मनाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ७१ औँ जन्मदिन । मोदीको जन्मदिन उनको पार्टी भारतीय जनता पार्टीले २० दिनसम्म मनाउने भएको छ ।

मोदीको जन्मदिनका अवसरमा भाजपाले देशभरि ‘सेवा र समर्पण अभियान’ चलाउने भएको छ। त्यसका लागि कैलाश विजयवर्गीयको नेतृत्वमा चार सदस्यीय समिति बनाइएको छ।

२० वर्षअघि मोदीले पहिलो पटक अक्टोबर ७ मा गुजरातको मुख्यमन्त्री सम्हालेका थिए। उनको जन्मदिन र पहिलो पटक मुख्यमन्त्री भएको दिनसम्म भाजपाले विभिन्न कार्यक्रम गर्न लागेको हो।

यसैबीच मोदीको जन्मदिनको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् ।

 

  • १ आश्विन २०७८, शुक्रबार १६:१५ प्रकाशित