संविधान दिवसमा मौन बस्दैँ जसपा, लोसपाद्धारा विरोध कार्यक्रमको तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

संविधान दिवसको दिन असोज ३ गते जनता समाजवादी पार्टी नेपाल मौन रहने भएको छ । भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विरोध कार्यक्रमको तयारी गरेको छ ।

लोसपाले त्यस दिन कालो दिनको रुपमा मनाउने भएको हो । संविधान संशोधन बिना मधेसका माग पूरा नहुने भन्दै नवगठित पार्टी लोसपाले विरोध स्वरुप कालो दिनको रुपमा मनाउने भएको हो । यी दुवै पार्टीको एजेन्डा संविधान संशोधन रहेको छ ।

संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको अवसर पारेर प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । मधेसको माग सम्बोधन नगरी संविधान जारी गरिएको भन्दै मधेस केन्द्रित दलले यो दिनलाई ‘कालो दिन’का रुपमा मनाउँदै आएका छन् ।

  • १ आश्विन २०७८, शुक्रबार १५:३९ प्रकाशित