प्रदेश १ः मुख्यमन्त्री आचार्यलाई असोज ८ सम्मको अल्टिमेटम

केन्द्रभाग मिडिया

विराटनगर ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज ८ भित्र विश्वासको मत लिनुपर्ने भएको छ ।

विपक्षी गठनबन्धनले विश्वासको मत लिनका लागि असोज ८ सम्मको अल्टिमेटम दिएका छन् । सो अवधि भित्र विश्वासको मत नलिए उनीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने विपक्षी दलहरुले तयारी गरेका छन् ।

प्रदेश १ को प्रदेशसभा बैठक असोज २२ गतेका लागि आह्वान भएको छ । विपक्षी गठबन्धन भने मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारलाई त्यतिन्जेलसम्म लम्ब्याउने पक्षमा देखिएको छैन ।

अल्पमतमा परिसकेका मुख्यमन्त्री आचार्यले हालै मन्त्रिपरिषद विस्तार गरेपछि विपक्षी गठबन्धन थप सशंकित भएको छ । त्यसैले पनि विपक्षी दलहरुले अब एक साताभित्र मुख्यमन्त्रीले विश्वासको मत नलिएमा प्रदेशसभामा अविश्वास प्रस्ताव लैजाने योजना बनाएका हुन् ।

  • १ आश्विन २०७८, शुक्रबार १३:३२ प्रकाशित