तनहुँ ।
तनहुँमा ट्रक दुर्घटना हुदाँ चालकको ज्यान गएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
प्रहरीको अनुसार डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक बुल्दीखोलामा खसेको हो । करिब २८ वर्षीय चालकको नामथर खुलेको छैन ।
दुर्घटनामा ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ। उनको खुट्टा र कुहिनोमा चोट लागेको छ ।