चीनबाट एकैखेपमा ४४ लाख डोज भेरोसेल खोप आज आउदैँ

केन्द्रभाग मिडिया

काठमाडौँ ।
सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोपको ४४ लाख डोज आज एकैपटक ल्याइँदैछ । नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत उक्त खोप आज दिउँसो २ बजे काठमाडौँ आइपुग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीले जानारी दिएका छन् ।

सरकारले चीनसँग ६० लाख डोज भेरोसेल खोप खरिद सम्झौता गरेको थियो । जसमध्ये यसअघि १६ लाख डोज ल्याइसकिएको छ । बाँकी ४४ लाख डोज आज एकैपटक आइपुग्ने मन्त्रालय स्रोतको भनाइ छ ।

यसअघि भेरोसेल खोप एक भाइलमा दुई डोज मात्र राखिएको हुन्थ्यो । यसले गर्दा एक पटकमा विमानमार्फत बढीमा ८ लाख भाइल मात्र ल्याउन सकिएको थियो । तर पछिल्लो समय चीनले ढुवानी समस्यालाई समेत ध्यानमा राखी एकै भाइलमा ५ डोजको खोप उत्पादन गर्न थालेपछि एक फ्लाइटमा ४० डोजभन्दा बढी ल्याउन सम्भव हुने भएको हो । मन्त्रालय स्रोतका अनुसार बाँकी रहेको ४४ डोज खोप आज एकै फ्लाइटमा ल्याइँदै छ ।

उक्त खोप ल्याउनका लागि वाइडबडी विमान बिहीबार राति चीनतर्फ गइसकेको छ । विमान आज २ बजेतिर काठमाडौँ आइपुग्ने कार्यतालिका छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालले करिब १ करोड ३३ लाख खोपहरु विभिन्न देशबाट नेपाल भित्र्याइसकेको छ । ती केही विभिन्न अनुदानमा आएका हुन् भने केही सरकारले खरिद गरेर ल्याएको हो ।

  • १ आश्विन २०७८, शुक्रबार १२:३१ प्रकाशित