एक हप्ता भित्र मन्त्रिपरिषद् विस्तार हुन्छ : अध्यक्ष नेपाल

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषदले चाँडै पूर्णंता पाउने बताएका छन् ।

नयाँ बानेश्वरको अलोकनगरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए ।

उनले भने, ‘हामी सरकारमा जान आजै भने आजै, भोलि भने भोलि नै तयार छौँ। आशा गरौँ यो हप्ताभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ।’ आफ्नो पार्टी मन्त्रिपरिषद बिस्तारको ढिलाईको कारक नभएको नेपालले बताए ।

अध्यक्ष नेपालले नेकपा(एस) देशभक्तिपूर्ण स्वाभिमानी शक्तिको रुपमा उभिने दाबी गरे । नेकपा एमालेमा वैचारिक विचलन आएको बताउदै नेपालले नेकपा (एस) नविन सोच र मान्यताका साथ अघि बढ्ने बताए ।

नेपाल नेतृत्वको नेकपा (एस) क्षितिजको नयाँ चम्किलो ताराको रुपमा उदाएको र यसले आमनागरिक र युवा वर्गमा आशा देखाएको उनले बताए ।

 

  • १ आश्विन २०७८, शुक्रबार १२:२६ प्रकाशित