राप्रपा कास्की अध्यक्षमा गुरुङ, कास्कीमा राप्रपाको जग बलियो बनाउने प्रतिवद्धता

केन्द्रभाग मिडिया

राप्रपा कास्की अध्यक्षमा गुरुङ, कास्कीमा राप्रपाको जग बलियो बनाउने प्रतिवद्धता

पोखरा।

राष्ट्रिय प्रजातन्त्र पार्टीको कास्की जिल्ला अध्यक्षमा नारायण गुरुङ नियुक्त भएका छन् ।पार्टीको जिल्ला अधिवेशनले गुरुङलाई अध्यक्ष चयन गरेको हो ।

अध्यक्ष गुरुङले निर्वाचित भएपछि कास्कीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको जग बलियो बनाउनमा आफु लाग्ने बताए ।अध्यक्ष गुरुङले भने–‘नजिकिएको चुनाव केन्द्रित रहेर जनस्तरमा पार्टीको जग बलियो बनाउन म र मेरो टिम लागी पर्नेछ।’

उनले थपे, ‘विशेष परिस्थितीमा म पार्टीको नेतृत्वमा आएको छु । पार्टीको पुरानो शाख जोगाउन र युवाहरुलाई पार्टीमा आकर्षित गर्नमा विशेष ध्यान दिनेछु ।’

अधिवेशनले २८ सदस्यीय जिल्ला कार्यसमिति समेत छनोट गरेको छ ।

सदस्यहरुमा मनिष केसी, प्रताप सुबेदी, बसन्तराज अधिकारी, शोभा गुरुङ, प्रकाश सापकोटा, जागेर हुसेन मियाँ, सन्दीप धमला, लक्ष्मीकान्त पौडेल, विष्णुप्रसाद अधिकारी, डण्डीराज आचार्य, सुर्य पुन, श्रवणराज पन्त, गंगा थापा क्षेत्री, ईश्वरी चापाँगाई, ओम बहादुर कार्की चयन भएका छन् ।

यस्तै, विष्णु कार्की, प्रेम मल्ल, युद्धबहादुर कोईराला, पुर्णेश्वर सुनार, नेत्रपाणी देवकोटा, मोतिमान शाक्य, कृष्णकुमारी सुबेदी, लक्ष्मी अधिकारी, ईन्द्रकुमारी शाही, गणेश बहादुर ढकाल, सिता जिसी र जगत सुबेदी रहेका छन् ।

  • १ आश्विन २०७८, शुक्रबार ०९:५० प्रकाशित