चीनमा भूकम्प : तीन जनाको मृत्यु ६० घाइते,रेल–वे सेवा बन्द

केन्द्रभाग मिडिया

चीनमा भूकम्प : तीन जनाको मृत्यु ६० घाइते,रेल–वे सेवा बन्द

काठमाडौं ।

चीनमा भूकम्प परेर तीन जनाको मृत्यु भएको छ ।

सिचुवान प्रान्तको लुझउ सहरमा ६ रेक्टर स्केलको भूकम्प गएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ । भूकम्पमा परेर ६० जना घाईते भएका छन् ।

६० जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको र घाइते सबैको उपचार भइरहेको सञ्चार माध्यमले उल्लेख गरेका छन।

भूकम्पमा फसेकाहरुको उद्धारका लागि ३ हजार जना उद्धारकर्ता खटिएका छन्। आपत्कालीन उद्धार भइरहेको छ। भूकम्पका भौतिक संरचनामा क्षति पुगेको छ । लुझउ सहरमा रेल–वे सेवा समेत बन्द गरिएको छ ।

  • ३१ भाद्र २०७८, बिहीबार १३:५६ प्रकाशित