सेनाले खुलायो जागिर, २२ पूजारीसहित चार सय ६२ जना माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली सेनाले २२ पूजारीसहित एकै पटक चार सय बढीका लागि जागिर खुलाएको छ ।

आज गोरखापत्रमा सूचना निकालेर चार सय ६२ जना माग गर्दै भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले दरखास्त आह्वान गरेको छ।समावेशीतर्फ महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि पनि आरक्षण सिटसहित आवेदन माग गरिएको छ।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त माग गरिएको छ।सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेर सोही कारणबाट शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीलाई पनि खुलातर्फ बेग्लै आरक्षण सिटको व्यवस्था गरिएको छ ।

भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिन्छ भने नारायणहिटीस्थित नेपाल क्याभल्टी उत्तरतर्फको खेल मैदानमा दरखास्त फारम वितरण गरिने सूचनामा उल्लेख छ।

  • ३१ भाद्र २०७८, बिहीबार १३:२४ प्रकाशित