गण्डकीमा एक सय २५ संक्रमित थपिए, पोखरामा उपचाररत दुई संक्रमितको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २ संक्रमितले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा तनहु भिमाद नगरपालिका ८ का ५३ वर्षीय पुरुष र स्याङ्जा जिल्ला वालिङ नगरपालिका १ का ८४ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

दुवै संक्रमितको पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । यो सँगै गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ३५ पुगेको छ ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमित बन्नेको संख्या १२५ रहेको निर्देशनालयले बताएको छ । संक्रमित हुनेमा म्याग्दीका १, पर्वतका १, गोरखाका ७, लमजुङका ८, तनहुँका ४, कास्कीका ७८, बागलुङका ६, स्याङ्जाका १४ र नवलपरासी पूर्वका ६ जना रहेका छन् । यो सँगै गण्डकीमा संक्रमित बन्नेको संख्या ८३ हजार ९ सय ३८ पुगेको छ ।

सोही समयमा प्रदेशमा ९२ जना निको भएका छन् ।हालसम्म प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८० हजार ८ सय ९१ रहेको छ ।

हाल प्रदेशमा १ हजार ७ सय १२ जना संक्रिय संक्रमित रहेका छन् जसमध्ये १ हजार ५ सय १७ जना होम आइसोलेसनमा रहेका छन् ।
प्रदेशमा हालसम्म ३ लाख २४ हजार ३ सय ६१ जनाको नमुना परीक्षण भएको छ ।

 

  • ३० भाद्र २०७८, बुधबार १७:२४ प्रकाशित