रेल सम्झौतापछि नेपालमा आयो पहिलो पटक भारतीय निजी कम्पनीको रेल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा पहिलो पटक भारतीय निजी कम्पनीको रेल आएको छ ।

नेपाल–भारत रेल्वे सम्झौता भएसँगै पहिलो पटक वीरगञ्ज सुख्खा बन्दरगाहमा भारतीय निजी क्षेत्रको रेल आएको हो

बुधबार हिन्द टर्मिनल प्रालिको भारतीय रेल विभिन्न सामानहरु बोकेर सुख्खा बन्दरगाहमा आएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

२००४ सालमा नेपाल–भारत रेल सम्झौता भए पनि यसले पूर्णता पाएको थिएन । सम्झौतामा दुई पक्षीयबाट केही संशोधन गरेपछि यो कार्यान्वयनमा आएको निर्देशक आशीष गजुरेलले बताएका छन्। योसँगै नेपाल आउने सामान ल्याउने कार्गो रेलमा भारतीय कम्पनीको सिन्डिकेट तोडिएको छ । अब सामुद्रिक बन्दरगाहसम्म नेपाली रेलको पहुँच हुनेछ ।

नेपालको रेल पनि सिधै कोलकत्ताको हल्दिया पोर्टसम्म जान सक्नेछन् र नेपाली रेलले नै सामान बोकेर सिधै नेपाल आउन सक्ने छन् । त्यस्तै कलकत्ताबाट विराटनगरसम्म सिधै रेलमा सामान आउन सक्नेछ भने अन्य प्रशासनिक विषयवस्तु पनि सहजीकरण गरिने भएको छ ।

  • ३० भाद्र २०७८, बुधबार १७:०२ प्रकाशित