‘हामी माथिल्लो तहका नेता बिग्रिएका हौँ, जनता होइन’: नेकपा अध्यक्ष दाहाल

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ  ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माथिल्लो तहका नेता बिग्रिएको बताएका छन् ।

आज बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पोस्टबहादुर बोगटीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जनता र कार्यकर्ता नभई आफहरु माथिल्लो तहका नेताहरु बिग्रिएको बताएका हुन् । उनले भने,‘हामी बिग्रियौँ,जनता र ग्रास लेभलका नेता कार्यकर्ता होइन, उनीहरुमा त अझै पनि क्रान्ति गर्ने जोस छ ।’

दाहालले पुस ५ गतेको प्रतिगमनपछिको आन्दोलनले लाखौंको संख्यामा क्रान्तिका लागि जनता सडकमा आउन तयार रहेको पुष्टि भएको उल्लेख गरे ।

आवश्यक रहे आफूहरु सडकमा जानुपर्ने अवस्था पनि आउन सक्ने उनको भनाइ छ ।

  • ३० भाद्र २०७८, बुधबार १३:१७ प्रकाशित