अपडेटः अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालनमा

केन्द्रभाग मिडिया

फाइल तस्वीर

काठमाडौं ।

पहिरो खस्दा बन्द भएको मुग्लिन नौबिसे सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै बिहान करिब दुईबजेतिर पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

सडक बन्द हुदाँ रात्रीकालिन यात्रामा रहेका सवारी बिच बाटोमै रोकिएका थिए । अहिले पहिरो हटाएर सडक सुचारु भएपछि रोकिएका गाडि गन्तव्यतर्फ लागेका इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

सडक माथिबाट खसेको पहिरोले  सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

  • ३० भाद्र २०७८, बुधबार ०९:५४ प्रकाशित