पहिरोले मुग्लिन- नौबिसे सडक अवरुद्ध,पहिरो हटाउने काम जारी

केन्द्रभाग मिडिया

फाइल फोटो

काठमाडौं ।

पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन नौबिसे सडक अवरुद्ध भएको छ ।

सडक माथिबाट खसेको पहिरोले सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।प्रहरीको अनुसार पहिरोले सडक दुईतर्फी नै बन्द भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै बिहान दुई बजेतिर पहिरो खसेको प्रहरीले बताएको छ ।

अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । सडक अवरुद्ध हुदाँ यात्रामा रहेका यात्रु अलपत्र परेका छन् ।

  • ३० भाद्र २०७८, बुधबार ०९:३१ प्रकाशित