संसद् बैठक असोज ४ गतेसम्मका लागि स्थगित

केन्द्रभाग मिडिया

रोष्टम घेराउ गर्दै एमाले सांसद

काठमाडौं ।

संसद बैठक असाज ४ गतेसम्मका लागि स्थगित भएको छ । विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेपछि संसद बैठक असोज ४ गते सम्मका लागि स्थगित भएको हो ।

एमालेको अवरोधकाबीच प्रतिनिधि सभा बैठकमा विनियोजन विद्येयकमाथि विचार गरियोस भन्ने प्रस्ताव पारित भएको हो। बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले नाराबाजी र विरोध गरेका थिए तर सभामुख अग्नि सापकोटाले विनियोजन विधेयकमाथि छलफलको प्रस्ताव निर्णयार्थ पेस गरेका थिए थियो ।

सभामुखले एमाले फुटाउन भूमिका खेलेको र पक्षपातपूर्ण व्यवहार गरेको भन्दै लगातार संसद् अवरोध गर्दै आएको छ ।आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले असन्तुष्ट बनेको छ ।

  • २९ भाद्र २०७८, मंगलवार १४:३७ प्रकाशित