अफगानिस्तानको काबुलमा अलपत्र ३४ नेपालीलाई यही साता स्वदेश फर्काउन पहल

केन्द्रभाग मिडिया

अफगानिस्तानबाट फर्किएका नेपाली

काठमाडौं ।

अफगानिस्तानको काबुलमा अड्किएका ३४ नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको छ ।

अफगानिस्तानमा अलपत्र परेका उनीहरुलाई यही हप्तामा चार्टर्ड विमानमार्फत स्वदेश फर्काउन पहल भइरहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

अफगानिस्तानमा रहेका करिब १५ सय नेपालीमध्ये गत बिहीबारसम्म ९०६ जना नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

अमेरिकी सेनाको फिर्तीसँगै बन्द रहेको काबुल विमानस्थल पुनः सञ्चालनमा आएसँगै विभिन्न देशले अफगानिस्तानमा अलपत्र आफ्ना नागरिकहरूको उद्धारमा पहल गरिरहेका छन्।

मन्त्रालयको अनुसार काबुलमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको र उनीहरुलाई त्यही कम्पनीले खाने र बस्ने प्रबन्ध गरिरहेको छ।

  • २९ भाद्र २०७८, मंगलवार १३:२३ प्रकाशित