लेखनाथ उद्योग वाणिज्य संघ महाधिवेशन : सदस्य पदका उम्मेदवार बाँस्तोला भन्छन् : व्यवसायीलाई प्रविधिसंग जोड्छु

केन्द्रभाग मिडिया

पोखरा ।

लेखनाथ उद्योग वाणिज्य संघ, कास्कीको १३ औँ महाधिवेशन असोज २ गते हुदैँ छ ।

महाधिवेशनमा बुद्धिप्रसाद बाँस्तोलाले पुनः कार्यसमिति सदस्य पदका उम्मेद्वार दिएका छन् । विगतमा पनि संघले दिएका जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको र आगामी दिनमा पनि संघमा रहेर काम गर्ने आफ्नो इच्छा रहेको वास्तोलाले बताए ।

लेखनाथलाई केन्द्र बनाएका वास्तोलाले लामो समय देखी विभिन्न व्यवसाय संचालन गदै आएका छन् । हाल संघको कार्यसमिति सदस्य रहेका बाँस्तोलाले संघ, संस्था र व्यवसायमा प्रविधिको उच्चतम प्रयोग भन्ने नारालाई आगाडी सारेका छन् ।

अहिलेको युग प्रविधिको युग रहेको र प्रविधि मार्फतनै व्यवसायी प्रवद्धन गर्न सकिने उनी बताउछन् । प्रबिवधिको उच्चतम प्रयोगबाट व्यवसायको प्रवद्धन र विस्तार गर्नु पर्छ यसले आय आर्जनमा टेवा पुग्ने उनको धारण छ ।

यस पहिले सूचना प्रविधि उपसममितिमा सहसंयोजक रहेर एक कार्यकाल र संयोजक भएर एक कार्यकाल सफलतापूवर्कक सम्पन्न गरेको उनको दावी छ । संघमा आफ्नो आवश्यकता छ भन्ने भ ठान्छु, बाँस्तोला भन्छन् व्यवसायीले पनि मलाई साथ दिनुहुने छ ।

पुरानै विधिबाट संचालनमा रहेका व्यवसायीलाई आधुनीक प्रविधि मार्फत एक ठाउमा जोड्ने काम गर्न आफु लागी पर्ने उनको प्रतिवद्धता छ । संघमा भएका गतिबिधि सबै व्यवसायीले जानकारी पाउनुपर्छ, उनले भने त्यसका लागि व्यवसायीलाई मोवाईल एप्स मार्फत गोलबद्ध गर्ने छु ।

संधको वेभसाईडलाई व्यवसायीसंग जोड्ने र संघ भित्र भएका गतिबिधि व्यवसायीको हातमा नै थाहा पाउने बनाउन एप्स प्रभावकारी हुने उनको तर्क छ ।

बाँस्तोलाले सबै व्यवसायीलाई पुनः एक पटक निर्वाचित गराउन अनुरोध गदैँ, कार्यसमिति सदस्य पदमा मतदान गरि संस्थाको उन्नयनको लागि काम गर्ने मौका दिन आग्रह गरेका छन् ।

  • २९ भाद्र २०७८, मंगलवार १४:०१ प्रकाशित