प्रतिनिधिसभाको बैठक बस्दै, विनियोजन विधेयक बारे छलफल हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी २०४८ सालमा राष्ट्रिय सभामा मनोनीत सदस्य तथा नेपाली कांग्रेसका नेता रुक्मशम्शेर जबराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूचीमा तय गरिएको छ ।

प्रतिपक्षी दल नेकपा९एमाले०ले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । सोमवार संसदको अवरोध खुलाउने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेको भएपनि एमाले उपस्थित भएन ।

एमालले संसदको अवरोध जारी राख्ने बताएको छ यसर्थ आजको प्रतिनिधि सभा बैठक पनि सहज ढंगले सञ्चालन हुन् नसक्ने निश्चित छ ।

  • २९ भाद्र २०७८, मंगलवार ११:१६ प्रकाशित