आज राष्ट्रिय बालदिवस: प्रधानमन्त्री देउवा भन्छन्,‘बालबालिकालाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन प्रयासरत छौँ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज ५७ औँ राष्ट्रिय बाल दिवस ।

‘सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ आज देशभर मनाईदै छ ।

यसै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिँदै बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन सरकार लागी परेको बताए ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि सरकारले प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शैयाको व्यवस्था गरेको दाबी गरेका छन् ।

  • २९ भाद्र २०७८, मंगलवार ०९:४९ प्रकाशित