आईसीसी विश्व क्रिकेट लिग– २ मा नेपाल आज आयोजक ओमानसँग भिड्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आज (मंगलबार)नेपालले ओमानसँग प्रतिष्पर्धा गर्ने भएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग –२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज आयोजक ओमानसँग खेल्ने भएको हो ।

ओमानको घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार आज दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

सिरिज अन्तर्गतको हिजो (सोमबार) भएको खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

  • २९ भाद्र २०७८, मंगलवार ०९:२६ प्रकाशित