नवलपरासीः एकाबिहानै गैंडाकोटमा यात्रुबाहक बस दुर्घटना , ३ को ज्यान गयो, २४ घाइते

केन्द्रभाग मिडिया

नवलपरासी ।

नवलपरासीमा आज एकाबिहानै यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३ जनाको ज्यान गएको छ ।

काँकडभित्तादेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सु १ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किँदा उनीहरुको मत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका २७ जना मध्ये ३ तीन जनाको चितवनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएका छन्। अहिले २४ घाईतेको उपचार जारी रहेको र उनीहरुमध्ये ३ जनाको गम्भीर रहेको बताइएको छ ।

  • २९ भाद्र २०७८, मंगलवार ०८:५५ प्रकाशित