नयाँ पार्टी दर्ता हुँदा एमालेलाई ठूलो नोक्सान भएको छैन : पूर्व मुख्यमन्त्री गुरुङ

केन्द्रभाग मिडिया

गोरखा ।
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माधव नेपालको नेतृत्वमा अर्को दल दर्ता भएपनि एमालेले ठूलो नोक्सान ब्यहोर्नु नपरेको बताएका छन् ।

सोमबार एमाले गोरखाले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले सचिव समेत रहेका नेता गुरुङले यस्तो बताएका हुन् । उनले माधव नेपालले एमालेको महासागरबाट दुई लोटा पानी निकालेर गएका टिप्पणी गरे ।

‘हाम्रो पार्टीमा अहिले धमाधम प्रवेश क्रम चरिराखेको छ । गाडीको गाडी, नदीको पानी महासागरमा आएर मिसिएका छन्, मिसाईरहेका छौँ । महासागरबाट केही लोटा पानि झिकेर लग्दैमा महासागर सुकाएँ भन्ने भ्रम पाल्नुु मुुर्खता हो । यो भ्रम माधवसँग छ, केही मान्छे बटुलेर लग्दैमा मैले केपी ओलीलाई खत्तम पारेँ भन्ने सोचेका होलान् त्यो गलत हो’, उनले भने ।

 

  • २९ भाद्र २०७८, मंगलवार ०८:२२ प्रकाशित