बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरिमा रोकियो नेपाल

केन्द्रभाग मिडिया

पोखरा ।
बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली महिला राष्ट्रिय महिला फुटबल टोलीले गोलरहित बराबरीमा रोकिएको छ ।

दशरथ रंगशालामा आइतबार साँझ सम्पन्न भएको खेलमा प्राप्त अवसरलाई पटक पटक सदुपयोग गर्न नसक्दा दुवै टोली गोलरहित बराबरीमा रोकिए हुन्।

यसअघि बिहीबार भएको पहिलो खेलमा भने नेपाल २–१ ले विजयी भएको थियो ।

भारतमा आयोजना हुने एएफसी महिला एसिया कप–२०२२ छनोटको तयारी स्वरुप नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो।

  • २७ भाद्र २०७८, आईतवार १९:१० प्रकाशित