ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश इच्चार्ज भिम रावललाई नदिने अडान लिएका छन् ।

दस बुँदे सहमतिमा पनि सुदूरपश्चिम प्रदेश पार्टी संयोजक कसलाई बनाउने भन्ने विवादले अध्यक्ष ओली र भीम रावलबीच तनावको अवस्था सृजना भएको छ । उपाध्यक्ष समेत रहेका भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज बनाउने वचन दिएका ओलीले अहिले भने उनलाई इन्चार्ज नदिने भएका छन् । यो प्रस्ताव लिएर ओलीलाई भेट्न पुगेका रावललाई ओलीले फेरी लफडा नगर्नुस भन्दै फर्काएका छन् ।

उनले सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज परिवर्तन गर्न नसक्ने भन्दै फेरि लफडा नगर्नुस भन्दै फर्काएपछि ओली र रावलको सम्वन्ध चिसिएको बताइएको छ । त्यसपछि ओलीले आइतबार बिहान पनि आफ्नो निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा अध्यक्ष ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने जवाफ दिँदै यसमा कुनै लफडा नझिक्न आग्रह गरेका थिए ।

नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सम्झौता कार्यान्वयन गर्दा एमालेको सुदुरपश्चिम इन्चार्ज उपाध्यक्ष समेत रहेका भीम रावल हुनुपर्ने भएपनि अध्यक्ष ओलीले लेखराज भट्टले नै उक्त जिम्मेवारी सम्हाल्ने र रावललाई उपाध्यक्षको जिम्मेवारीमै राख्ने ओलीले रणनीति लिएका छन् ।
सर्वोच्चले गत २३ फागुनमा एमाले ब्यूँताएको थियो। त्यसपछि ओलीले भट्टलाई सुदूरपश्चिम इन्चार्ज बनाएका थिए। जतिबेला रावल माधव नेपाल समूहमा थिए।

  • २७ भाद्र २०७८, आईतवार १७:२५ प्रकाशित