प्रदेश महाधिवेशन प्रतिनिधीमा अमृत पाण्डेयको उम्मेद्धारी

केन्द्रभाग मिडिया

स्याङ्जा ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको प्रतिनिधीसभा क्षेत्र न. २ ‘ख’ स्याङ्जाको प्रदेश महाधिवेशन प्रतिनिधीका लागि अमृत पाण्डेयले उम्मेद्धारी घोषणा गरेका छन् ।

विगत लामो समयदेखि नेपाल विद्यार्थी संघमा रही सकृय विद्यार्थी नेताको भुमिका निर्वाह गरिरहेका पाण्डेय लुम्बिनी वाणिज्य क्याम्पसको ईकाई सचिव हुंदै नेवीसंघको विभिन्न तहमा रही काम गरेको अनुभव  छ।

पाण्डेय नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद समेत हुन् । त्यस्तै, १३ औं महाधिवेशनमा साविक आलमदेवी गावीसबाट क्षेत्रीय प्रतिनिधी निर्वाचित भएका उनी यसपालि कालीगण्डकी २ बाट क्षेत्रीय प्रतिनिधी बनेका छन ।

  • २७ भाद्र २०७८, आईतवार १६:१६ प्रकाशित