संखुवासभा सामूहिक हत्या प्रकरणमा संलग्न लोकबहादुर सार्वजनिक

केन्द्र खबर

संखुवासभा ।
संखुवासभामा सामूहिक हत्याका आरोपितलाई प्रहरीले आज सार्वजनिक गरेको छ । एकै परिवारका ६ जनाको हत्यामा संलग्न मादी नगरपालिका वडा नम्बर १ उम्लिङका लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

भदौ २१ गते सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
शनिबार २६ वर्षीय कार्कीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेकोमा उनले आफूले हत्या गरेको स्वीकार गरेका थिए ।

सुरुमा उनैले प्रहरीलाई खबर गरेका थिए । उनैले घटना घटाएको प्रहरीले जनाएको छ ।

  • २७ भाद्र २०७८, आईतवार १२:५० प्रकाशित