बालुवाटारमा सत्ता गठबन्धनको बैठक

केन्द्रभाग मिडिया

काठमाडौ ।
सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले बैठक सुरु भएको जानकारी दिए ।

बैठकमा मन्त्रिपरिषद् विस्तारका साथै संसदमा सत्तापक्षको रणनीति र संसद्लाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने उपसचिव तिवारीले जानकारी दिए ।

यता नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै संसद अवरोध गरिरहेको छ । यसअघि शुक्रबार बसेको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्ने विषयमा छलफल भएको थियो । यस विषयमा आजको बैठकले टुन्गो लाग्ने बताइएको छ ।

संसदमा प्रतिपक्षको विरोधले निरन्तरता पाए कसरी अगाडी बढ्ने भन्ने वारे पनि छलफल हुने बताइएको छ ।

  • २७ भाद्र २०७८, आईतवार ११:१२ प्रकाशित